Main News

निजामति विधेयक पारित नगर्न कर्मचारी युनियनको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३१ गते १६:२१
निजामति विधेयक पारित नगर्न कर्मचारी युनियनको चेतावनी (भिडियो रिपोर्टसहित)

३१ चैत २०७७ काठमाडौं । नेपाल निजामति कर्मचारी युनियन (संघ)ले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई संसदमा पुगेको संघीय निजामति सेवा विधेयक तानाशाही र अलोकतान्त्रिक भन्दै विरोध गरेको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले विधेयक पारित नगर्न चेतावनी दिएको छ । संघका अध्यक्ष गोपाल प्रसाद पोखरेलले संघीय निजामती सेवा विधेयक लोकतन्त्र विरोधी रहेको बताउनुभयो ।

यसले संविधानको उलङ्घन गरेको, कर्मचारीको सेवासुविधा, वृत्तिविकासमा तानाशाही लाद्न खोजिएको भन्दै पोखरेलले विधेयक पारित भए कर्मचारी आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । राष्ट्रिय भेलाले ऐनको विरुद्धमा देशव्यापी रुपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

सरकारले निजामती प्रशासनलाई विघटन गरेर आफु अनुकुलका कर्मचारी करारमा नियुक्त गर्ने चेष्टा गरेको अध्यक्ष पोखरेलले आरोप लगाउनुभयो ।

संघका उपाध्यक्ष उत्तम कुमार कटुवालले संघीय निजामति सेवा ऐनले ट्रेड युनियन अधिकारलाई हनन गरेको र श्रेणीबिहिन कर्मचारीको वृत्तिविकास कुण्ठित गरेको टिप्पणी गर्नुभयो ।

सरकार नायव सुब्बाको वृत्ति विकास र बढुवामा गम्भिर नभएको पनि उपाध्यक्ष कटुवालले गुनासो गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *