Main News

नयाँ वर्ष मनाउन भारतबाट आउनेको लर्को, बढ्यो कोरोना जोखिम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३१ गते ८:०७
नयाँ वर्ष मनाउन भारतबाट आउनेको लर्को, बढ्यो कोरोना जोखिम (भिडियो रिपोर्टसहित)

३१ चैत २०७७ कैलाली । नयाँ वर्ष नजिकिएसँगै भारतबाट फर्कनेको संख्या बढिरहेको छ । सुदूरपश्चिमका नाकामा पनि अहिले स्वदेश फर्कनेको भीड छ । यसले कोरोना संक्रमणको जोखिम झनै बढाएको छ ।

कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा नयाँ वर्ष मनाउन भारतबाट घर फर्कनेको लर्को दिनदिनै बढिरहेको छ । रोजगारीका लागि भारत पुगेकाहरु नयाँ वर्ष परिवारसँगै मनाउन, नेपाल फर्किएका हुन् ।

सीमा नाकामा भारतबाट आउनेको लागि प्रहरीले पनि हेल्प डेस्क राखेको छ । र संक्रमित भेटिए आइसोलेसनसम्म पुर्‍याउन सहजिकरण गरिरहेको छ ।

भारतमा कोरोना संक्रमण दिनदिनै बढिरहेको छ । यस्तो अवस्थामा भारतबाट फर्कनेको संख्या बढ्दा नाकामा सामान्य सावधानी अपनाइएको छ । धेरैजसोलाई सामान्य स्वास्थ्य परीक्षण गरेर प्रवेश गर्न दिइएको छ ।

लाइनमा सामाजिक दूरी कायम भएको छैन । जसका कारण संक्रमण सर्ने जोखिम पनि उत्तिकै छ । भारतबाट आएकाहरु घरमा आइसोलेसन बसे नबसेको अनुगमन पनि भएको छैन । यसले संक्रमण फेरि गाउँ गाउँ पुग्ने जोखिम देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *