Main News

नहकुल सुवेदी सर्वोच्चको न्यायाधीश बन्न योग्यः सर्वोच्च

हिमालय टिभी
२०७७ चैत ३० गते १९:२०
नहकुल सुवेदी सर्वोच्चको न्यायाधीश बन्न योग्यः सर्वोच्च

३० चैत २०७७ काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्य भएको फैसला सुनाएको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदीले न्याय सेवाको सहसचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतमा काम गरेको दुबै अवधि जोडेर संविधानअनुसार योग्यता पुग्ने फैसला गरेको हो ।

संविधानअनुसार सर्वोच्च अदालतको न्यायाधीश हुन न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सहसचिव स्तरको पदमा कम्तीमा १२ वर्ष काम गरेको हुनुपर्छ ।
तर सुवेदीले राजपत्रांकित प्रथम श्रेणीको पदमा १० वर्ष ४ महिना १८ दिनमात्र काम गर्नुभएको भन्दै मुद्धा परेको थियो ।

सर्वोच्चले मुख्य न्यायाधीश पदलाई पनि राजपत्रांकित प्रथम श्रेणी वा त्यो भन्दा माथिल्लो पद मानी सुवेदीको योग्यता पुगेको फैसला सुनाएको हो । फागुन २८ गते बसेको न्याय परिषदको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

फैसलामा मुख्य न्यायाधीश पद न्याय सेवाको विशिष्ट श्रेणी भन्दा माथिल्लो भनेर व्याख्या गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *