Main News

पार्टीविरोधी गतिविधि नरोके नेपाल–खनाल समूहलाई कारबाही गर्ने ओलीको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३० गते १९:१७
पार्टीविरोधी गतिविधि नरोके नेपाल–खनाल समूहलाई कारबाही गर्ने ओलीको चेतावनी (भिडियो रिपोर्टसहित)

३० चैत २०७७ काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अब पार्टी विरोधी गतिविधि नरोके नेपाल–खनाल समूहलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेतालाई कारवाही गर्ने चेतावनी दिँदै आफू सही समयको प्रतीक्षामा रहेको बताउनुभयो ।

गल्ती स्वीकार गरेर आएमा अझैं पनि काम गर्न दिने पनि अध्यक्ष ओलीले बताउनुभयो । तर गुटलाई कुनै पनि हालतमा स्वीकार नगर्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।

वरिष्ठ नेता नेपाल प्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष ओलीले अब नेपालले पनि चुनाव नजित्ने टिप्पणी गर्नुभयो ।

अन्यायमा परेकालाई न्याय दिने र टिकट पनि वितरण गर्ने भनेर नेपालले बोलेपछि अध्यक्ष ओलीको प्रतिक्रिया आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *