Main News

संसदको रक्षा गर्न सरकारलाई दिएको समर्थन फिर्ता नलिएको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३० गते १८:३६
संसदको रक्षा गर्न सरकारलाई दिएको समर्थन फिर्ता नलिएको दाबी (भिडियो रिपोर्टसहित)

३० चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले संसदको रक्षा गर्न वर्तमान सरकारलाई दिएको समर्थन कायमै राखेको प्रष्टिकरण दिनुभएको छ ।

समर्थन पनि फिर्ता नलिने र सरकारको पनि विरोध गर्ने गरेको भनेर आलोचना भैरहेका बेला माओवादी केन्द्रका तर्फबाट संसदमा प्रष्टिकरण आएको हो । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै बस्नेतले संसद, लोकतन्त्र र संविधानको रक्षाका लागि समर्थन कायमै राखेको बताउनुभयो ।

बस्नेतले प्रधानमन्त्रीका कदम कसरी प्रतिगामी छन् भनेर पुष्टि गर्ने कोशिस पनि गर्नुभयो ।

बस्नेतले प्रधानमन्त्री केपी ओली भ्रमबाट मुक्त नभएसम्म मुलुकको नियति नफेरिने पनि बताउनुभयो ।

विभिन्न व्यक्तिहरूलाई सरकारको सिफारिसमा राष्ट्रपतिले दिएको पदकमा प्रयोग भएको नेपालको नक्सालाई लिएर पनि बस्नेतले सरकारको राष्ट्रवाद मौसमी भएको देखिएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *