Main News
राष्ट्रिय सहमतिको सरकार बनाएर निकास दिन सांसद गिरिको सुझाव (भिडियो रिपोर्टसहित)
२०७७ चैत ३० गते १८:३१

३० चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले संकटको निकासका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन सुझाव दिनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद गिरिले राष्ट्रिय सहमतिको सरकार बनाएर निकास दिन आग्रह गर्नुभएको हो ।
कांग्रेस नेता गिरिले प्रधानमन्त्री ओलीकै कारण मुलुकमा संकट आएको भन्दै आफू मात्रै ठीक अरु गलत भन्ने सोच त्याग्न पनि आग्रह गर्नुभयो ।
प्रधानमन्त्री फेरि संसद विघटनको मौका कुरिरहेको चर्चा चलिरहेका बेला कांग्रेस नेता गिरिले त्यसो नगर्न पनि अपील गर्नुभयो ।
अहिलेको संविधान संकटमा परेको पनि नेता गिरिले बताउनुभयो ।
प्रतिक्रिया