Main News

प्रदेश १ को प्रदेशसभा तेस्रोपटक पनि अवरुद्ध

हिमालय टिभी
२०७७ चैत ३० गते १७:२५
प्रदेश १ को प्रदेशसभा तेस्रोपटक पनि अवरुद्ध

३० चैत २०७७ विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठक विपक्षी दलले तेश्रो पटक पनि अवरुद्ध गरेका छन् ।

बैठक शुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर अबरुद्ध गरेका हुन् । उपसभामुख सरस्वती पोखरेलले पटक पटक बस्न आग्रह गरे पनि विपक्षीले अस्वीकार गरेर बैठक चल्न दिएनन् ।

जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले प्रदेश सरकार र मुख्यमन्त्रीले सदनमा उठेका मुद्दा सम्बोधन नगरेकाले संसद अबरुद्ध गरेको बताउनुभयो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतले यो वर्ष स्वीकृत कार्यक्रम अघि बढाउन, चालु विकास आयोजनालाई निरन्तरता दिन र अलपत्र रहेका बहुवर्षे आयोजना अघि बढाउन माग गर्दै आएका छन् ।

बजेट अभावको कारण देखाएर ती सबै आयोजना रोकिएकोमा उनीहरुको आपत्ति छ । बैठक बैशाख ५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *