राजनीति

सरकार र संवैधानिक अंगको भूमिकामाथि उठ्यो संसदमा यस्ता प्रश्न (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३० गते १६:४३
सरकार र संवैधानिक अंगको भूमिकामाथि उठ्यो संसदमा यस्ता प्रश्न (भिडियो रिपोर्टसहित)

३० चैत २०७७ काठमाडौं । सरकार र संवैधानिक अंगको भूमिकामाथि प्रश्न उठाउँदै सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा विपक्षी सांसदहरुले प्रधानमन्त्री ओलीको काम र नियतमाथि प्रश्न उठाएका हुन् । खासगरी माओवादी केन्द्रका सांसद प्रधानमन्त्रीप्रति आक्रामक रुपम प्रस्तुत भएका छन् ।

माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले राष्ट्रपति र प्रधानमन्त्रीले गल्ती गर्दा पनि दण्डित नभएको संकेत गर्दै निर्वाचन आयोग र सर्वोच्च अदालत सेटिङमा चलेको आरोप लगाउनुभयो ।

माओवादी केन्द्रकै अर्का सांसद ईन्दुकुमारी शर्माले कविता वाचन गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि संसद विघटन गर्न खोजेको आरोप लगाउनुभयो । सत्ता टिकाउन अहिले जनता समाजवादी पार्टीलाई ललिपप देखाउने काम भैरहेको उहाँको टिप्पणी छ ।

नेकपा माओवादी केन्द्रकै सांसद गजेन्द्र महतले सरकारले नारा एउटा लगाएर काम अर्को गरिरहेको र जनतालाई दुःख दिएको आरोप लगाउनुभयो ।

नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले प्रधानमन्त्रीले ढाँट्ने काम गरेको भन्दै वृद्ध भत्ता ५ हजार पुर्‍याउन माग गर्नुभयो ।

सांसदहरुले समसामयिक विषयमा पनि सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्