Main News

कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ चैत ३० गते ११:०५
कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु

३० चैत २०७७ बुटवल । बुटवलमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको ज्यान गएको हो । प्यूठानको स्वर्गद्वारी(९ का ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिनुभयो ।

गत चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएका प्यूठानका पुरुषको आज बिहान ५ बजे मृत्यु भएको थियो । त्यस्तै चैत २३ गते भर्ना भएकी तिलोत्तमाकी महिलाको ७ बजेर २३ मिनेटमा मृत्यु भएको हो ।

दुबै जनामा निमोनिया देखिएको गौतमले जानकारी दिनुभयो । हाल अस्पतालमा ७ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *