Main News

विद्यालय सञ्चालनका विषयमा सरोकारवाला निकायसँग छलफल गर्दै सरकार

हिमालय टिभी
२०७७ चैत ३० गते ७:५२
विद्यालय सञ्चालनका विषयमा सरोकारवाला निकायसँग छलफल गर्दै सरकार

३० चैत २०७७ काठमाडौं । कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै विद्यालय सञ्चालनबारे आवश्यक निर्णयका लागि सरकारले सरोकारवालासँग आज छलफल गर्ने भएको छ ।

बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट) को संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव गरेको छ ।

यसै सन्दर्भमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज बिहान सरोकारवाला निकायहरुलाई बोलाएको छ ।

विद्यालय सञ्चालनबारे छलफल गर्न मन्त्रालयले बोलाएको एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताउनुभयो ।

प्याब्सनले भने सरकार काठमाडौं सहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेको भन्दै विरोध जनाएको छ ।

प्याब्सनका अध्यक्ष टिका पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ती जारी गर्दै स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु उपयुक्त हुने बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *