Main News

कोरोनाबाट जोगिन नागरिक स्वयंले के गर्ने ? के भन्छन् नागरिक ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २९ गते २०:४७
कोरोनाबाट जोगिन नागरिक स्वयंले के गर्ने ? के भन्छन् नागरिक ? (भिडियो रिपोर्टसहित)

२९ चैत २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै विभिन्न निर्देशन दिएको छ । विज्ञहरुले संक्रमण नियन्त्रणका लागि सावधानी अपनाउन आग्रह पनि गर्दै आएका छन् । नागरिकले कोरोना संक्रमण नियन्त्रणमा आफूले खेलेको भूमिकालाई कसरी मूल्याकंन गरेका छन् त ?

कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न निर्देशन दिएको सरकारलाई कोभिड नाइन्टिन संकट व्यवस्थापन केन्द्र अर्थात सिसिएमसीले शैक्षिक संस्था बन्द गर्न सिफारिस गरेको छ । पछिल्लो पटक स्कूले केटाकेटीमा पनि कोरोना संक्रमण देखिएपछि सिसिएमसीले स्कूल बन्द गर्न सिफारिस गरेको हो ।

सरकारले पनि कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गर्न नागरिकलाई आग्रह गर्दै आएको छ र विज्ञहरुले पनि स्वास्थ्य मापदण्ड पालना गर्नू पर्नेमा जोड दिइरहेका छन् । तर नागरिकले भने जनस्वास्थ्य मापदण्ड पालना गरेको पाइँदैन ।

सामाजिक तथा भौतिक दुरी कायम राख्ने, साबुन पानीले बारम्बार हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, अनिवार्य रुपमा मास्क लगाउने गर्दा कोरोना संक्रमणको जोखिमबाट बच्न सकिन्छ । तर यी सामान्य उपाय पनि प्रयोग नगर्दा देश कोरोना संक्रमणको दोस्रो लहरको खतरामा छ । त्यसैले अब भने अनुशासित हुनैपर्छ ।

कोरोना संक्रमणका कारण विश्वभर लाखौंको ज्यान गैसकेको छ । तर पनि कोरोना संक्रमणलाई सामान्य रुपमा बुझ्ने गल्ती हामीले गरिरहेका छौं । कोरोना संक्रमण नियन्त्रणमा सरकारले काम गरेन भन्दै सरकारको आलोचना गर्नेहरुले मापदण्ड पालना गरेको पाइँदैन । सरकारले संक्रमण नियन्त्रणमा काम नगरेपनि नागरिकले सावधानी अपनाउनु आवश्यक छ ।

कोरोना महामारी नियन्त्रणमा नआउँदै सरकार र राजनीतिक दलले गरेको गतिविधी आम नागरिकलाई चित्त बुझेको छैन । तर सरकारले गरेको गतिविधी भन्दा पनि आफ्नो सुरक्षा आफैले गर्नु अवस्था आएको छ।

कोरोनाको कारणले नेपालमा मात्रै तीन हजार भन्दा बढिको मृत्यु भैसकेको छ । यो सामान्य होईन । यो परिस्थिती नियन्त्रण गर्न सरकारले बनाउने नियम भन्दा पनि हामी नागरिकले खेल्ने भूमिका महत्वपूर्ण छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *