Main News

काठमाडौंमा ह्वात्तै बढ्यो कोरोनाको जोखिम, १८ जना टेकुको आइसीयूमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २९ गते २०:४०
काठमाडौंमा ह्वात्तै बढ्यो कोरोनाको जोखिम, १८ जना टेकुको आइसीयूमा (भिडियो रिपोर्टसहित)

२९ चैत २०७७ काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ३ सय ३ जनामा कोरोना संक्रमण भयो । संक्रमितमध्ये १८ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसीयूमा छन् । यसले कोरोना संक्रमणको जोखिम देखिन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर अनुप बास्तोलाका अनुसार अहिले गत भदौ असोजमा जस्तै देशभर कोरोना संक्रमण फैलिएको छ । देशका सबैजसो अस्पतलमा विरामी छन् ।

उनीहरुमा निमोनियाको समस्या देखिएको छ । नेपाल एपीएफ अस्पताल बलम्बुमा १६ जना कोरोना संक्रमित उपचाररत छन् । उनीहरु अधिकांसलाई अक्सिजन दिनुपर्ने अवस्था छ । अन्य अस्पतालको अवस्था पनि त्यस्तै छ ।

पछिल्लो पटक नेपालमा देखिएको कोरोना संक्रमण यूके भेरियन्ट हो भन्ने पुष्टि भइसकेको छ । र यसको थप अनुसन्धान भैरहेको छ । कोरोना भाइरस आफ्नो रुप परिवर्तन गर्दै फरक(फरक भेरियन्टमा देखिन थालेको छ । अहिले देखिएको कोरोना भाइरस पहिलेको तुलनामा बढि संक्रामक र खतरनाक छ ।

विज्ञहरुले पहिला नै कोरोना संक्रमणको जोखिम कायमै रहेको र जुनसुकै बेला खतरनाक अवस्था आउने चेतावनी दिएका थिए । तर त्यो चेतावनीलाई सरकारका साथै नागरिकले पनि बेवास्ता गरे ।

सामाजिक दूरी भौतिक दुरी कायम गर्नेलगायतका स्वास्थय मापदण्ड पालना गर्न विज्ञले दिएको सुझाव नमानी सबैतिरबाट लापरबाही भयो । त्यसैले अहिले कोरोना संक्रमण फेरि खतरनाक स्थितिमा पुगेको छ ।

पछिल्लो समयमा बालबालिकामा पनि कोरोनाको संक्रमण बढ्दो छ । विद्यालयले सावधानी नअपनाउँदा बालबालिका संक्रमित भएको चिकित्सकहरुको ठम्याई छ । पहिले अस्पताल लगायतका क्षेत्र कोरोनाको हटस्पट बनेका थिए भने अब विद्यालय नै कोरोनाको हटस्पट बन्ने खतरा बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *