कामको गुणस्तर निर्माण व्यवसायी आफूले समीक्षा गर्नुपर्छः मन्त्री नेम्बाङ (भिडियो रिपोर्टसहित)
२९ चैत २०७७ काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्माण व्यवसायीले गुणस्तरीय काम गरे नगरेको व्यवसायी आफैंले समीक्षा गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको २२ औँ साधारण सभा उद्घाटन समारोहमा मन्त्री नेम्वाङले निर्माण व्यवसायीले आफ्नो दायित्व र कर्तव्यहरु निर्वाह गरे नगरेको समीक्षा आवश्यक रहेको बताउनुभयो ।
मन्त्री नेम्वाङले संसद पुनर्स्थापना भए पनि राजनीतिक समस्या समाधान नभएको टिप्पणी समेत गर्नुभयो ।
सरकारले अस्थिरतालाई अन्त्य गरेर स्थिर संसद चाहेको तथा व्यवसायीको निर्माण क्षमता अभिवृद्धिलाई अगाडी बढाउने वातावरण चाहेको मन्त्री नेम्वाङको भनाई ।
मन्त्री नेम्वाङले देशको समृद्धिका लागि सरकारले मात्रै भौतिक पूर्वाधार निर्माणको काम अघि बढाएर सम्भव नहुने भन्दै त्यसको कार्यान्वयनको निम्ति निर्माण व्यवसायीको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।
प्रतिक्रिया