Main News

थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा सबैभन्दा बढी

हिमालय टिभी
२०७७ चैत २९ गते १७:११
थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा सबैभन्दा बढी

२९ चैत २०७७ काठमाडौं । नेपालमा थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन हजार एक सय २५ जनाको पीसीआर विधीबाट गरिएको नमुना परीक्षणमा थप ३ सय ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीमध्ये १ सय ५४ काठमाडौं उपत्यकाका छन। आज सबै भन्दा धेरै काठमाडौंमा १ सय २८ भक्तपुरमा ११ र ललितपुरमा १५ जनामा संक्रमण देखिएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २९ सय ६१ छ । आज ६ सय ९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६४ जनामा संक्रमण देखिएको छ । आज १ सय ४१ जना संक्रमणमुक्त भएका छन् ।

अब कुल संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७४ हजार २७ पुगेको छ । पछिल्लो पटक थप एक जनाको कोरोनाको संक्रमणबाट ज्यान गएको छ ।

यो सँगै कुल मृतकको संख्या ३ हजार ४० पुगेको छ । हाल देशभर १५ जनाको भेन्टिलेटरमा र ७४ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *