Main News
काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा युवकको शव फेला
२०७७ चैत २९ गते १३:१४

२९ चैत २०७७ काठमाडौं । काठमाडौंको नयाँ बसपार्क नजिककै मित्रनगरको एक होटलमा एकजना युवकको शव फेला परेको छ ।
स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव गएराति होटलमा फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिनुभयो ।
मृतकको नागरिकताको आधारमा परिचय खुलेको प्रहरीले जनाएको छ । मृतकको घुडामा चोट लागेको जस्तो देखिएको र अन्य ठाउँमा त्यस्तो केही नदेखिएको प्रहरीको भनाइ छ ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घर्तीसँगै होटलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया