Main News

पत्रकार महासंघमा भारी मतान्तरसहित विपुल पोखरेल नेतृत्वको प्यानल विजयी

हिमालय टिभी
२०७७ चैत २८ गते १५:११
पत्रकार महासंघमा भारी मतान्तरसहित विपुल पोखरेल नेतृत्वको प्यानल विजयी

२८ चैत २०७७ काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारीको एक समूहको गठबन्धनले भारी अन्तरमा जीत हासिल गरेको छ ।

अध्यक्षमा गठबन्धनका विपुल पोखरेल विजयी हुनु भएको छ । उहाँले प्रेस चौतारीको संस्थापन, प्रेस मञ्च लगायतका गठबन्धनबाट उम्मेदवार दिएकी निर्मला शर्मालाई भारी मतान्तरले हराउनुभएको हो ।

सबै पदाधिकारी पनि पोखरेल प्यानलबाट निर्वाचित भएका छन् । मत गणनाको औपचारिक घोषणा आजै घोषणा गर्ने तयारी छ ।

महासंघको ४९ सदस्यीय केन्द्रिय कार्यसमितिका साथै र लेखा समितिका संयोजक र २ जना सदस्य गरी ५२ पदका लागि चुनाव भएको थियो । यस्तै प्रदेश, एसोसियट, जिल्ला समिति र प्रतिष्ठानको नेतृत्व पनि चुनिएको छ ।

यी मध्ये अधिकांशमा विपल पोखरेलको प्यानलबाट निर्वाचित भएका छन् । २५ गते भएको चुनावबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम, महासचिवमा रोशन पुरी निर्वाचित हुनु भएको छ ।

यस्तै सचिवमा गोविन्द चौलागाईँ, सृजना अर्याल, नारायण सुन्दर किलम्बु, दीपेन्द्र चौहान, हेमकर्ण बिक र पवन आचार्य विजयी हुनु भएको छ । कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने विजयी हुनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *