Main News

हावाहुरीसँगै वर्षापछि केही घट्यो उपत्यकासहित देशभरको वायु प्रदुषण

हिमालय टिभी
२०७७ चैत २८ गते १३:१८
हावाहुरीसँगै वर्षापछि केही घट्यो उपत्यकासहित देशभरको वायु प्रदुषण

२८ चैत २०७७ काठमाडौं । काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेसँगै वायु प्रदूषण केही कम भएको छ ।

गएराति काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेको थियो । वायु प्रदूषण मापन गर्ने नेपालको एक्यूआई अहिले १५० भन्दा तल झरेको छ । यो लक्षित समूहहरुका लागि अस्वस्थ अवस्था हो ।

नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर हिजो अस्वस्थ अवस्थामा झरेको थियो । आज फेरि सुधार भएर निश्चित समूहका लागि मात्रै अस्वस्थ अवस्थामा आइपुगेको हो ।

यो समयमा विशेष गरेर पाको उमेर समूहका, बालबालिका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका दीर्घरोगीहरुले विशेष सावधानी अपनाउनुपर्ने जनस्वास्थ्यविद्को सुझाव छ ।

केही दिनअघि नेपालको वायु प्रदूषण विश्वकै सबैभन्दा धेरै उच्च हानिकारक अवस्था अर्थात ४७० एक्यूआईमा पुगेको थियो । तर, नेपालगञ्जको प्रदूषण भने कम हुन सकेको छैन । नेपालगञ्जको एक्यूआई एक सय ६९ मापन गरिएको छ । यो अति अस्वस्थ अवस्था हो ।

यस्तै, हिजो हावाहुरीसहित पानी परेपछि आज देशका धेरैजसो ठाउँको मौसम खुलेको छ । हिजो राति देशका धेरै ठाउँहरुमा हावाहुरीसहित पानी परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *