Main News

२ सय ८ नेता/कार्यकर्ता रिहा गर्न जसपाले लेख्यो गृहलाई पत्र

हिमालय टिभी
२०७७ चैत २८ गते ९:०६
२ सय ८ नेता/कार्यकर्ता रिहा गर्न जसपाले लेख्यो गृहलाई पत्र

२८ चैत २०७७ काठमाडौं । जनता समाजवादी पार्टीले विभिन्न अभियोग लागेका २ सय ८ जना नेता/कार्यकर्ता रिहा गर्न गृह मन्त्रालयलाई पत्र लेखेको छ ।

जसपासँगको छलफलपछि सरकारले राजनीतिक मुद्दाको प्रकृति उल्लेख गरी निर्देशिका बनाएर २ सय ८ जना आफ्ना पार्टीका नेता/कार्यकर्ता रिहा गर्ने प्रक्रिया अघि बढाउन जसपाले गृहलाई पत्र पठाएको हो ।

जसपाका नेता सुरेन्द्र झाका अनुसार गृह मन्त्रालयमा पठाएकोमा पत्रमा राजनीतिक मुद्दा मात्रै रहेको छ । जसलाई गृह मन्त्रालयले हेर्छ र रुजु गर्छ ।

गृहमन्त्रालयबाट कानून मन्त्रालय हुँदै कानूनी रायसहित मन्त्रिपरिषदमा पुगेर यस विषयमा अन्तिम निर्णय हुने उहाँले बताउनुभयो । नेता झाले २४ मुद्दामा अभियोग लागेका २ सय ८ जना विभिन्न १३ जिल्लाका नेता/कार्यकर्ता रहेको पनि बताउनुभयो ।

जसमा टीकापुर घटनामा दोषी ठहर भइ कैद भुक्तान गरिरहनुभएका रेशम चौधरीदेखि प्रदेशको समाजिक विकास राज्यमन्त्री र स्थानीय तहका प्रमुखसमेत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *