Main News

संसदलाई जसरी पनि निष्क्रिय पारेर फेरि विघटन गर्ने खेल भयोः अध्यक्ष केसी

हिमालय टिभी
२०७७ चैत २७ गते १९:२०
संसदलाई जसरी पनि निष्क्रिय पारेर फेरि विघटन गर्ने खेल भयोः अध्यक्ष केसी

२७ चैत २०७७ काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदलाई जसरी पनि निस्क्रिय पारेर फेरि विघटन गर्ने खेल भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चाको चौथौ राष्ट्रिय सम्मेलनबारे जानकारी गराउन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केसीले आर्थिक रुपमा पनि अहिले मुलुक चुनावमा जान आवस्यक नभएको भन्दै त्यसका विरुद्ध लाग्नुपर्ने बताउनुभयो ।

अध्यक्ष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर वामपन्थीको संयुक्त सरकार बनाएर मुलुकलाई निकास दिनुपर्ने समेत बताउनुभयो ।

सरकारको असफलताका कारण नेपालमा बाह्य शक्ति सक्रिय भएको दावी गर्दै अध्यक्ष केसीले गणतत्त्र धर्मनिरपेक्षता र बहुदलीय व्यवस्था सिध्याउने गरी विदेशी शक्ति केन्द्र सक्रिय भएको दाबी गर्नुभयो ।

मुलुकले नधान्ने संघीयता खारेज गर्नुपर्ने पनि उहाँले दोहोर्‍याउनुभयो । राष्ट्रिय सम्मेलनले राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुन चित्रबहादुर केसीलाई नै निर्वाचित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *