Main News

ट्राफिक जरिवाना अब अनलाइनबाटै गर्न सकिने

हिमालय टिभी
२०७७ चैत २७ गते १८:५०
ट्राफिक जरिवाना अब अनलाइनबाटै गर्न सकिने

२७ चैत २०७७ काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना सहज तरिकाले अनलाइनमार्फत भुक्तानी गर्न सक्ने प्रणालीको विस्तार गरेको छ ।

महाशाखाले आजफोन पे प्रा.लि. र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरी सेवाग्राहीले आफ्नो बैंक खातामार्फत सिंधै जरिवाना तिर्न सक्ने प्रणालीको विस्तार गरेको हो ।

यसअघि नै शुरुवात भएको अनलाइन भुक्तानीको सेवालाई सबै सेवाग्राहीको पहुँचमा पुराउने उद्देश्यले महाशाखाले विभिन्न भुक्तानी प्रदायक कम्पनीहरुसँग सम्झौता गर्दै आएको छ ।

सम्झौता पत्रमा महाशाखाका प्रमुख एवं प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराई, फोन पेकोतर्फबाट दिवस कुमार सापकोटा र नेपाल क्लियरिङ्ग हाउस (कनेक्ट आईपिएस)को तर्फबाट मुन्नी राजभण्डारीले हस्ताक्षर गर्नुभयो । यससँगै सेवाग्राहीले ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने बरिष्ठ प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरुबीचमा आबद्ध भइ रियल टाइममा सम्बन्धित बैंकको खातामार्फत भुक्तानी हुनेगरी प्रणाली विकास गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *