Main News

सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न अयोग्यः सर्वोच्च बार

हिमालय टिभी
२०७७ चैत २७ गते १४:५४
सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न अयोग्यः सर्वोच्च बार

२७ चैत २०७७ काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस नहकुल सुवेदीको योग्यता नपुगेको निष्कर्ष निकालेको छ । र, यसबारे गम्भीर हुन आग्रह गर्दै संसदीय सुनुवाइ समितिलाई ज्ञापन पत्र बुझाएको छ ।

न्याय परिषद्ले फागुन २८ गते सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका मुख्य न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदीको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेका चुडाल र सुवेदी दुवै जनाको संसदीय सुनुवाइ हुन बाँकी छ । सुवेदीको योग्यता नपुगेको भन्दै समितिमा समेत उजुरी परेको छ ।

आज बसेको सर्वोच्च बारको सल्लाहकार समितिको बैठकले पनि सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको योग्यता नपुगेको भन्दै सुनुवाइ समितिको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएको थियो । त्यसअनुसार सर्वोच्च बारले समितिका सभापति लक्ष्मणलाल कर्णलाई ज्ञापनपत्र बुझाएको छ ।

सुवेदीको संविधानको धारा १२९ को उपधारा ५ अनुसार योग्यता नपुगेको र संविधानको मर्म र भावना विपरीत उनको नाम सिफारिस भएको भन्दै सर्वोच्च बारले यसप्रति गम्भीर हुन आग्रह गरेको छ ।

सुवेदीको नियुक्ति सिफारिसविरुद्ध सर्वोच्चमा पनि मुद्दा परेको छ । यसबारे चैत ३० गते फैसला आउँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *