Main News

गृहमन्त्री रामबहादुर थापामाथि माओवादी केन्द्रले गर्‍यो कारबाही

हिमालय टिभी
२०७७ चैत २७ गते १४:१३
गृहमन्त्री रामबहादुर थापामाथि माओवादी केन्द्रले गर्‍यो कारबाही

२७ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा गएका गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेको छ।

माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालाई पत्र पठाउँदै थापालाई दलबाट हटाएको र माओवादी केन्द्रको सांसद नरहेको जानकारी गराएको हो।

माओवादीको राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले गृहमन्त्री थापालाई सांसदबाट हटाएको र त्यसको जानकारी संसद सचिवालयलाई गराएको जानकारी दिनुभयो ।

अब बस्ने राष्ट्रियसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ ।यसअघि एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद हिजो खारेज भएको थियो ।

माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *