Main News

कोरोना संक्रमण बढेसँगै विद्यालय बन्द गर्ने सरकारको तयारी

हिमालय टिभी
२०७७ चैत २७ गते १२:५३
कोरोना संक्रमण बढेसँगै विद्यालय बन्द गर्ने सरकारको तयारी

२७ चैत २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ लहर फैलिएको भन्दै शिक्षण संस्थाहरुको प्रत्यक्ष पठनपाठन बन्द गर्न र २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ ।

मन्त्रालयको सिफारिसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजै बस्ने बैठकबाट आवश्यक निर्णय गर्ने तयारी गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आजको बैठकमा सिफारिसमाथि छलफल हुने बताउनुभयो ।

शिक्षण संस्थाहरुको प्रत्यक्ष पठनपाठन, फिल्म हल र पार्टी प्यालेस बन्द गर्न सिफारिस गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *