Main News

एमाले प्रवेश गरेका चार जना मन्त्रीको सांसद पद खोसियो

हिमालय टिभी
२०७७ चैत २६ गते १७:२१
एमाले प्रवेश गरेका चार जना मन्त्रीको सांसद पद खोसियो

२६ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका ४ जना मन्त्रीहरुको सांसद पद खारेज भएको छ ।

संघीय संसद प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु साह र कैलाली ३ का गौरीकशंकर चौधरीलाई सांसद पदबाट मुक्त गरिएको जानकारी गराउनुभएको हो ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेताका तर्फबाट उहाँहरुले दल त्याग गरेर नेकपा एमालेमा प्रवेश गरेको व्यहोरा संलग्न भई राजनीतिक दल सम्बन्धी ऐन अनुसार व्यवस्था गर्न भनी सचिवालयमा पत्र पठाएकाले सभामुख सापकोटाले सोही अनुसार राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३५ को उपदफा १ र प्रतिनिधिसभा नियमावलिको २०७५ को नियम २ सय १२ को उपनियम १ बमोजिम सांसद पदबाट मुक्त भएको जानकारी प्रतिनिधिसभालाई गराउनुभएको हो ।

राजनीतिक दल सम्बन्धी ऐन अनुसार दल परित्याग गरेका सांसदहरु सांसद पदबाट स्वतः पदमुक्त हुन्छन् ।

संविधान अनुसार मन्त्री हुनका लागि प्रतिनिधिसभाका सांसद हुुनुपर्छ । उहाँहरुलाई पदमै कायम राख्नका लागि ६ महिनाभित्र सांसद हुनुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *