कोरोना संक्रमितको संख्या बढ्दो, पछिल्लो एकै दिन २९८ संक्रमित थपिए

२५ चैत २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो पटक एकैदिन २ सय ९८ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर चार हजार एकसय नमूनाको पीसीआर परीक्षण गर्दा २ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये आज उपत्यकामा एकसय ६६ जनामा सक्रमण देखिएको छ । जसमा काठमाडौंमा १३२, ललितपुरमा २६ र भक्तपुरमा ८ संक्रमित थपिए ।
यस्तै कास्कीमा २१ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७८ हजार ८ सय ९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज एक हजार ४० जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट पछिल्लो पटक दुई जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या तीन हजार ३८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक ७४ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७३ हजार ५ सय २९ पुगेको छ ।
प्रतिक्रिया