Main News

सहज ढंगले कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २४ गते १८:५६
सहज ढंगले कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन निर्देशन (भिडियो रिपोर्टसहित)

२४ चैत २०७७ काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले नागरिकले सहज र सरल तरिकाले कोभिड–नाइन्टिन विरुद्धको खोप लगाउन पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

कोरोना संक्रमण रोकथामको तयारी र खोप सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसँग छलफल गरेपछि खोप अभियानलाई सहज र सरल बनाउन समितिले निर्देशन दिएको हो ।

कोभिड–नाइन्टिन संक्रमण भएका बिरामीले अस्पतालमा सहजै आईसीयू र अक्सिजन पाउने सुनिस्चितता गर्न समेत समितिले निर्देशन दिएको छ ।

कोरोनाको दोस्रो लहर आउने देखिएकाले अहिले देखि नै आइसोलेसन र क्वारेन्टाइनको निर्माण गर्न र त्यसको व्यवस्थापनमा गम्भिर बन्न पनि मन्त्रालयलाई समितिले भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *