Main News

उपत्यकामा कोरोना संक्रमण बढ्दो, देशभर २६० जना संक्रमित थपिए

हिमालय टिभी
२०७७ चैत २४ गते १७:०६
उपत्यकामा कोरोना संक्रमण बढ्दो, देशभर २६० जना संक्रमित थपिए

२४ चैत २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो पटक थपिएकामध्ये आधा भन्दा धेरै काठमाडौं उपत्यकामा छन् ।

पछिल्लो २४ घण्टामा चार हजार २ सय ४३ नमूनाको पीसीआर परीक्षण गर्दा २ सय ६० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तिमध्ये काठमाडौंमा एक सय ८, ललितपुरमा २३ र भक्तपुरमा ८ जना गरी १ सय ३९ जना छन् । कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ । ति मध्ये १ हजार ९ सय ७९ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो पटक कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । थप १ सय १३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ४ सय ५५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *