राजनीति

यस्ता छन् एमाले नेपाल–खनाल समूहको बागमती प्रदेश इञ्चार्च र पदाधिकारी

हिमालय टिभी
२०७७ चैत २४ गते १५:१८
यस्ता छन् एमाले नेपाल–खनाल समूहको बागमती प्रदेश इञ्चार्च र पदाधिकारी

२४ चैत २०७७ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहले बागमती प्रदेशमा पनि अलग्गै कमिटी बनाएको छ । नेपाल खनाल समूहले देशब्यापी रुपमा समानान्तर कमिटी बनाइरहेको छ ।

बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा आज भएको भेलाले नेतृ अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा कमिटी बनाएको हो । १ सय ७५ सदस्यीय प्रदेश कमिटीमा नेताहरु केदार न्यौपाने,अरुण नेपाल र पशुपति चौलागाईं सहसंयोजक हुनुहुन्छ ।

बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएको नेपाल खनाल समूहले पार्टी कमिटी भने अलग्गै बनाएको छ । नेपाल खनाल समूहले प्रदेशका जिल्लामा इन्चार्ज र जिल्ला पदाधिकारी पनि चयन गरेको छ।

काठमाडौंमा इन्चार्ज सावित्रा भुसाल, सहइन्चार्ज सुरेन्द्र मानन्धर, अध्यक्ष बसन्त मानन्धर, उपाध्यक्ष शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव एमपी श्रेष्ठलाई तोकिएको छ ।

त्यस्तै काठमाडौं महानगर इन्चार्जमा जीवनराम श्रेष्ठ चयन हुनुभएको छ । ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा, उपाध्यक्ष कृष्णमान लामा, सचिव प्रेम महर्जन, उपसचिव तारा सञ्जेल र महानगरपालिका अध्यक्षमा श्रीगोपाल महर्जन रहनु भएको छ । चितवनमा इन्चार्ज कृष्ण खनाल र अध्यक्षमा तेजेन्द्र खड्का हुनु भएको छ ।

मकवानपुरमा विरोध खतिवडा इन्चार्ज, मुनु सिग्देल अध्यक्ष बन्नुभएको छ । भक्तपुरमा इन्चार्ज सोमप्रसाद मिश्र, अध्यक्ष रजन केसी र सचिवमा अनिल श्रेष्ठ रहेका छन् । रामेछापमा इन्चार्ज देवशंकर पौडेल, अध्यक्ष शान्ति पौडेल र सचिवमा ज्ञानकुमार श्रेष्ठ तोकिनुभएको छ ।

सिन्धुपाल्चोक इन्चार्जमा अरुण नेपाल, अध्यक्षमा झंक नेपाल, उपाध्यक्षमा इन्द्रमाया गुरुङ, सचिवमा कमल नेपाल र उपसचिवमा सूर्य लामा रहनु भएको छ । यस्तै नेपाल खनाल समूहले सिन्धुली इन्चार्जमा कमलजंग राई, अध्यक्षमा सूर्य पाख्रिन, उपाध्यक्षमा चित्रबहादुर लुमेली र सचिवमा तारानिधि पोखरेललाई चयन गरेको छ ।

रसुवामा इन्चार्ज माधव अर्याल, अध्यक्षमा पेम्बा तामाङ र सचिवमा शिव लामिछाने चयन हुनु भएको छ । धादिङमा अध्यक्ष शिवराज कँडेल, उपाध्यक्षमा इन्दिरा ढुंगाना, सचिव सुवास खतिवडा र उपसचिवमा शम्भु थापालाई बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्