Main News

कर्णाली प्रदेशका एमालेका मन्त्रीहरुले आज सामूहिक राजीनामा दिने

हिमालय टिभी
२०७७ चैत २४ गते ७:५५
कर्णाली प्रदेशका एमालेका मन्त्रीहरुले आज सामूहिक राजीनामा दिने

२४ चैत २०७७ सुर्खेत । कर्णाली प्रदेशका नेकपा एमालेका मन्त्रीहरुले आज सामूहिक राजीनामा दिने भएका छन् ।

आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले एमालेका मन्त्रीहरु आज राजीनामा दिने टुंगोमा पुगेको बताउनुभयो ।

कर्णाली प्रदेशको एमाले संसदीय दलको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिनुभयो ।

दलको बैठकअघि नै मन्त्रीहरुले राजीनामा बुझाउने तयारी भएको प्रमुख सचेतक शाहले बताउनुभयो । आइतबार बसेको संसदीय दलको बैठकले मन्त्रीहरुले राजीनामा दिने र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

कर्णाली प्रदेशमा एमालेबाट ज्वालासँगै सामाजिक विकास मन्त्री दलबहादुर रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा हुनुहुन्छ ।

तीनै जनाले आज आफुहरुले गरेका कामको विवरणसहित सामूहिक राजीनामा दिनुहुनेछ । एमाले मन्त्रीको राजीनामापछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही संकटमा पर्ने देखिएको छ । संसदमा एमालेका २० जना सांसद रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *