Main News

संसदलाई विजनेश नदिएको भन्ने आरोप सरकारद्वारा अस्वीकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २३ गते १९:००
संसदलाई विजनेश नदिएको भन्ने आरोप सरकारद्वारा अस्वीकार (भिडियो रिपोर्टसहित)

२३ चैत २०७७ काठमाडौं । संसदलाई विजनेश नदिएको भन्ने आरोप सरकारले अश्विकार गरेको छ । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले संसदमा काम भए पनि अघि नबढाइएको दाबी गर्नुभयो ।

आजको संसद बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले संसद्‌मा दर्ता भएका विभिन्न सन्धि सम्झौता किन अगाडि नबढाएको भन्दै प्रश्न गर्नुभएको छ ।

बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री ज्ञवालीले सदनको एजेन्डा सरकारले तय नगर्ने भन्दै सभामुखमाथि नै प्रश्न उठाउनुभयो ।

कांग्रेस सांसदले एमसीसीलगायतका सन्धि सदनबाट अघि बढाउन सरकार किन अग्रसर नभएको हो भनेर प्रश्न गरेका थिए । अर्को प्रसंगमा मन्त्री ज्ञवालीले सरकारले अहिले विश्वासको मत लिनुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो ।

तत्कालिन नेकपा विभाजित भएकाले संसदबाट विश्वासको मत लिनुपर्ने भन्दै सांसदले उठाएका प्रश्नको जवाफ दिदै उहाँले सर्वोच्चको फैसलाले नाम मात्रै खारेज गरेको पार्टी विभाजन नभएको दाबी गर्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले लोकतन्त्रका योद्धालाई सम्मान गर्न लागेको पनि जानकारी दिनुभयो । सांसदले त्यसबारे जवाफ मागेपछि मन्त्री ज्ञवालीले अहिलेसम्म लोकतन्त्रका लागि संघर्ष गर्नेको अभिलेख व्यवस्थित गरेर सम्मान गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *