Main News

२६६ जना कोरोना संक्रमित थपिए, उपत्यकामा बढी

हिमालय टिभी
२०७७ चैत २३ गते १८:०२
२६६ जना कोरोना संक्रमित थपिए, उपत्यकामा बढी

२३ चैत २०७७ काठमाडौं । पछिल्लो पटक थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ हजार ५ सय ३६ जनामा गरिएको परीक्षणमा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । यो संख्या अघिल्लो दिनको भन्दा ९० जना बढी हो । हिजो १७६ जना संक्रमित भेटिएका थिए ।

पछिल्लो पटक भेटिएका संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ जना संक्रमित भेटिएका हुन् ।

नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ । जसमध्ये २ लाख ७३ हजार ३ सय ४२ जना संक्रमण मुक्त भएका हुन ।

कोरोना संक्रमणका कारण अहिलेसम्म ३ हजार ३६ जनाको मृत्यु भएको छ । पछिल्लो पटक २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *