राजनीति

जेठ–असारमा कोरोना संक्रमण फेरि उच्च विन्दुमा पुग्ने सरकारको आँकलन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २३ गते १६:५६
जेठ–असारमा कोरोना संक्रमण फेरि उच्च विन्दुमा पुग्ने सरकारको आँकलन  (भिडियो रिपोर्टसहित)

२३ चैत २०७७ काठमाडौं । सरकारले आगामी जेठ–असारमा कोरोनाको संक्रमण फेरि उच्चविन्दुमा पुग्नसक्ने आंकलन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले संसद बैठकमा सम्बोधन गर्दै यस्तो आंकलन सुनाउनुभएको हो । मन्त्री त्रिपाठीले अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन नसके संक्रमण बढ्दै जेठ–असारमा अर्को उच्च विन्दुमा पुग्नसक्ने बताउनुभयो ।

यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो । कात्तिक ५ गते एकैदिन ५ हजार ७ सय ४३ नयाँ संक्रमित भेटिएका थिए । परीक्षणका आधारमा संक्रमितको अनुपात त्यतिबेला ३५ प्रतिशत पुगेको थियो ।

भारतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको समेत मन्त्री त्रिपाठीले बताउनुभयो । पुनः लकडाउनमा जान नपरोस् भनेर सबैले सावधानी अपनाउनुपर्ने भन्दै उहाँले अहिलेको अवस्थामा आतंकित भने हुन नपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री त्रिपाठीका अनुसार अनुसार झण्डै १८ लाख नागरिकलाई खोप दिइसकेको छ । असारसम्म ६० लाख जनतालाई दिने सरकारको लक्ष्य छ । खोप ल्याउन रकम अभाव नहुने पनि उहाँले जनाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्