Main News

काठमाडौं उपत्यकामा चिसोसँगै फेरि बढ्यो प्रदूषण

हिमालय टिभी
२०७७ चैत २३ गते ९:०७
काठमाडौं उपत्यकामा चिसोसँगै फेरि बढ्यो प्रदूषण

२३ चैत २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा एक्कासी चिसोसँगै प्रदूषण बढेको छ। मौसम पूर्वानुमान महाशाखाले तुवाँलोका कारण काठमाडौं उपत्यकामा चिसो बढेको बताएको छ ।

मौसमविद् मीनकुमार अर्यालयले अहिले वायु मण्डल स्थिर रहेको हुँदा बिहानै पनि तुवाँलोजस्तो देखिएकाले चिसो बढेको बताउनुभयो । उहाँले आगामी दुई तीन दिनसम्म यस्तै अवस्था रहने भएकाले सावधानी अपनाउन सबैलाई आग्रह गर्नुभयो ।

उहाँका अनुसार सापेक्षिक आर्द्रता एकदमै कम हुनुलाई तुवाँलो भनिने हो । बिहानै भए पनि तुवाँलोजस्तै देखिएको छ ।

उहाँले चैत महिनामा हुनुपर्ने गड्याङगुडुङ, हावाहारी र वर्षा नहुँदा उपत्यकाजस्ता देशका अन्य स्थानमा पनि तुवाँलो लाग्ने अवस्था आएको र यसबाट वायु प्रदूषण पनि बढेको बताउनुभयो ।

दिउँसो थोरै घाम लागे पनि तुवाँलो पूरै हट्ने अवस्था नदेखिएको पनि महाशाखाले अनुमान गरेको छ ।

केही दिनयता देशभर वायु प्रदूषण बढेकाले सजगता अपनाउन यसअघि नै स्वास्थ्य मन्त्रालय, वातावरण विभागलगायत विज्ञले सुझाव दिइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *