Main News

सडक पूर्वाधार निर्माणका लागि गुरुयोजना तयार गर्न मन्त्री नेम्बाङको निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २२ गते १७:२९
सडक पूर्वाधार निर्माणका लागि गुरुयोजना तयार गर्न मन्त्री नेम्बाङको निर्देशन (भिडियो रिपोर्टसहित)

२२ चैत २०७७ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले देशभरको सडक पूर्वाधार निर्माणका लागि गुरु योजना तयार गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा मन्त्री नेम्बाङले कुनै एउटा सडकको योजना तयार गर्ने मात्र भन्दा पनि समग्रमा सिङ्गो देशको गुरुयोजना बनाउन निर्देशन दिनुभयो ।

मन्त्री नेम्बाङले कुनै पनि आयोजनामा मुआब्जा विवादका कारण अवरोध हुने गरेकाले त्यसको समाधानका लागि मन्त्रालयले छुट्टै कार्यदल बनाएर जानुपर्ने पनि बताउनुभयो ।

कतिपय आयोजनामा स्रोतको सुनिस्चितता भए पनि आन्तरिक कारणले गर्दा ठेक्का प्रक्रिया नै शुरु गर्न नसकिएको पनि मन्त्री नेम्वाङको गुनासो छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कुनै पनि आयोजनामा ठेक्का भइसकेपछि मन्त्रालय स्तरीय अनुगमन हुने नगरेको बताउनुभयो । मन्त्रालयले नियमित अनुगमन गरी काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने हो भने कुनैपनि आयोजनाको काम समयमै सम्पन्न हुने बताउनुभयो ।

बैठकमा विभिन्न आयोजनाहरुको बारेमा नीतिगत सुधार आवस्यक रहेको सम्बन्धमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *