Main News
विकास निर्माणका नाममा प्रधानमन्त्री ओलीले तमासा गरेको नेता नेपालको टिप्पणी (भिडियो रिपोर्टसहित)
२०७७ चैत २२ गते १६:३२

२२ चैत २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विकास निर्माणका नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले तमासा गरेको टिप्पणी गर्नुभएको छ ।
काठमाडौंमा भएको पार्टीको कार्यक्रममा नेपालले डीपीआर नै नभएका सडक बालुवाटारबाट शिलान्यास गरेर प्रधानमन्त्रीले तमासा गरेको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले हिजो बालुवाटारबाट १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको शिलान्यास गर्नुभएको थियो । त्यही विषयमा पूर्वप्रधानमन्त्री नेपालको टिप्पणी आएको हो ।
प्रतिक्रिया