Main News

प्रस्तावित न्यायाधीशद्वय सुवेदी र चुडालको संसदीय सुनुवाइ एक साता पछि सर्‍यो

हिमालय टिभी
२०७७ चैत २२ गते १६:०१
प्रस्तावित न्यायाधीशद्वय सुवेदी र चुडालको संसदीय सुनुवाइ एक साता पछि सर्‍यो

२२ चैत २०७७ काठमाडौं । सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस भएका उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालको सुनुवाइको मिति एक हप्ता पछि सारिएको छ ।

सुनुवाइ समितिले सुवेदी र चुडालविरुद्ध परेको उजुरीमाथि आज छलफल गर्दै वैशाख २ गते संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो । यसअघि चैत २५ गतेका लागि संसदीय सुनुवाइ गर्ने मिति तय भएको थियो।

सुवेदीविरुद्ध सर्वोच्च अदालतमा पनि मुद्दा परेको र त्यसको निर्णय चैत ३० गते हुने तय भएकोले त्यसपछिको मिति तोकिएको हो। सर्वोच्चको फैसलापछि संसदीय सुनुवाइ गर्ने गरी मिति तोकिएको हो।

न्यायपरिषद्ले‍ सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेका सुवेदीविरुद्ध ५ र चुडालविरुद्ध २ वटा उजुरी परेका थिए। सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ ।

सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको योग्यता नपुग्ने भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो ।

समितिमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले समितिमा उजुरी गर्नुभयो। समितिमा सुवेदीको पाँच वर्ष मुख्य न्यायाधीश हुनुपर्ने योग्यता नपुगेको र चुडालले नक्कली भ्याट बिल लगायतका मुद्दामा त्रुटीपुर्ण फैसला गरेको उजुरीमा दावी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *