Main News

२५ वर्षीया छोरीले गरिन् बाबुका लागि कलेजो दान

हिमालय टिभी
२०७७ चैत २२ गते १५:५०
२५ वर्षीया छोरीले गरिन् बाबुका लागि कलेजो दान

२२ चैत २०७७ काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भक्तपुरका ४४ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको छ।

४४ वर्षीय पुरुषलाई उनकै २५ वर्षीया छोरीले कलेजो दान गरेको केन्द्रका निर्देशक डाक्टर प्रेमराज ज्ञवालीले जानकारी दिनुभयो । केन्द्रमा भएको यो छैटौं प्रत्यारोपण हो।

केन्द्रमा कार्यरत डा. छेतेन योञ्जन, डा. अनिसा तिवारी, डा. ललित दास, एनेस्थेसियामा डा. आरती राई, डा. सुशील तामाङ तथा नर्सहरु विनिता उप्रेती र अनिता लगायतको टोलीले प्रत्यारोपण गरेको हो ।

प्रत्यारोपण गर्ने टोलीलाई भारतको म्याक्स अस्पतालका विज्ञ टोलीले ब्याक सपोर्ट गरेको डा. ज्ञवालीले जानकारी दिनुभयो । योसँगै नेपालका तीन वटा अस्पतालमा गरेर १२ जनामा कलेज प्रत्यारोपण भएको छ ।

केन्द्रमा ६, त्रिवि शिक्षण अस्पतालमा ५ र चितवनस्थित चितवन मेडिकल कलेजमा १ गरी १२ जनामा प्रत्यारोपण भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *