आफूहरुलाई कमजोर नठान्न प्रधानमन्त्री ओलीलाई दिए नेपालले यस्तो चेतावनी (भिडियो रिपोर्टसहित)

२२ चैत २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुलाई कमजोर नठान्न अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिनुभएको छ ।
काठमाडौं जिल्लाको समानान्तर कमिटी घोषणा कार्यक्रममा वरिष्ठ नेता नेपालले सांगठानिक रुपमा आफूहरु बलियो रहेको बताउनुभयो ।
अध्यक्ष ओली, पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटी सबैमा अल्पमतमा रहेको र ओलीसँग नझुक्ने पनि नेपालले बताउनुभयो ।
वामेदव गौतम र आफूहरु मिलेर अघि बढ्न लागेको पनि वरिष्ठ नेता नेपालले बताउनुभयो । ओलीले नवौं महाधिवेशनमा जालझेल र षडयन्त्र गरेर अध्यक्ष जितेको र अहिले प्रधानमन्त्रीले फूर्ति लाइरहेको पनि नेपालले दावी गर्नुभयो ।
आफूहरु नै आधिकारिक पार्टी आफू नै भन्दै नेपालले कानूनी रुपमा नपाए अरु उपाय खोज्ने पनि वरिष्ठ नेता नेपालले जानकारी दिनुभयो । अध्यक्ष ओली बैठक र बहसबाट डराएर भागिरहेको पनि नेपालको तर्क छ ।
प्रधानमन्त्री दलाल पूँजीपतिसँग साँठगाँठ गरेर अघि बढेको र राष्ट्रिय पूँजीपतिलाई उपेक्षा गरेको नेपालले आरोप लगाउनुभयो । ओलीसँग आफूहरुको वैचारिक संघर्ष चलिरहेको नेपालले दावी गर्नुभयो ।
प्रतिक्रिया