Main News

मलेसियाबाट एकै दिन १२ जना नेपाली बन्द बाकसमा स्वदेश फिर्ता

हिमालय टिभी
२०७७ चैत २२ गते १४:३४
मलेसियाबाट एकै दिन १२ जना नेपाली बन्द बाकसमा स्वदेश फिर्ता

२२ चैत २०७७ काठमाडौं । मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाएका १२ जनाको शव आज एकै दिन नेपाल ल्याइएको छ।

नेपाल एयरलाइन्सको विमानबाट १२ वटा शव ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। मलेसियामा ज्यान गुमाएका महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोर्खाका मेघबहादुर कुँवर र सूर्य विकको शव ल्याइएको हो ।

यस्तै भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बाग्लुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्वल भुजेलको शव पनि ल्याइएको छ।

कोरोना संक्रमणका कारण उडान प्रभावित भएसँगै वैदेशिक रोजगार बोर्ड तथा सम्बन्धित देशस्थित नेपाली दूतावासले एकै साथ शव ल्याउने व्यवस्था मिलाउन थालेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रका युवाको शव समेत ल्याएको थाहा पाएपछि पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई बिहान त्रिभुवन विमानस्थलमा नै पुग्नुभएको थियो ।

वैदेशिक रोजगारीमा मलेसिया गएका १२ जना नेपाली युवाको शव एकैदिन आइपुगेको देख्दा र आफन्तहरुको भावविह्वल अवस्था देख्दा आँशु नथामिएको भन्दै ट्वीट गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *