Main News
बिरामीको मृत्यु भएपछि बानेश्वरस्थित भेनस अस्पतालमा विवाद (भिडियो रिपोर्टसहित)
२०७७ चैत २२ गते १३:५४

२२ चैत २०७७ काठमाडौं । मध्यबानेश्वरस्थित भेनस अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि विवाद भएको छ ।
गएराती उपचारका लागि भेनस अस्पताल ल्याइएकी दोलखाकी २६ वर्षीया सरिता कार्कीको आज बिहान मृत्यु भएको थियो ।
अस्पतालले कार्कीको मृत्यु भएको जानकारी गराएलगत्तै मृतकका आफन्त र अस्पतालबीच विवाद भएको हो । मृतकको आफन्तले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।
वान्ता भएर सामान्य अवस्थामा अस्पताल आएकी कार्कीलाई चिकित्सकले गलत औषधी दिएको र त्यसैका कारण मृत्यु भएको भन्दै बिरामीका आफन्त आक्रोशित भएका हुन् ।
प्रतिक्रिया