Main News

भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै सीमा नाकामा कडाइ गर्न थालियो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २२ गते १३:२८
भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै सीमा नाकामा कडाइ गर्न थालियो (भिडियो रिपोर्टसहित)

२२ चैत २०७७ काँकडभिट्टा । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढेपछि नाकामा कडाइ गर्न थालिएको छ ।

स्थानीय प्रशासनले झापाको काँकडभिट्टा नाकामार्फत हुने आवतजावतमा थप कडाइ गरेको हो ।

दैनिक २ हजार जनाले ओहोरदोहोर गर्ने यो नाकामा ज्वरो परीक्षण गर्ने, मास्क लगाएर मात्र आवतजावत गर्न दिने गरिएको छ ।

छिमेकी देश भारतमा कोभिड–१९ को संक्रमण बढेसँगै पूर्वी नाकाबाट दैनिक १२ सय मानिस नेपाल भित्रन थालेका छन् । उनीहरुसगै संक्रमण पनि भित्रिन सक्ने भएकाले सचेतना अपनाइएको छ ।

संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टिन, आइसोलेसन केन्द्रहरूलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रबाट प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक तयारी गर्न सबै स्थानीय तह तथा स्वास्थ्य कार्यालयलाई जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

विगतमा काँकडभिट्टामा भारतबाट आएकालाई राख्न होल्डिङ सेन्टर राखिएको थियो । तर, अहिले त्यो भने हटाइएको छ ।

स्थानीय तहले बनाएका क्वारेन्टाइन सबै बन्द छन् । जसले गर्दा भारतबाट आएका सिधै घर जान्छन् । यसका कारण संक्रमण फैलने सम्भावना भने बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *