Main News

गोरखाको बारपाकमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ चैत २२ गते ७:२५
गोरखाको बारपाकमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

२२ चैत २०७७ गोेरखा । गोरखाको बारपाकमा भएको बोलेरो जीप दुर्घटनामा लमजुङका दुई शिक्षकको मृत्यु भएको छ। एउटै विद्यालयका सात जना शिक्षक घाइते भएका छन्।

बारपाकबाट राङरुङतर्फ झर्दै गरेको ना ५ च ३२९८ नम्बरको जीप दुर्घटना हुँदा दूधपोखरी गाउँपालिका २ को बागिश्वरी मावि बिचौरका शिक्षकहरु रामेश्वर न्यौपाने र ठाकुर दवाडीको मृत्यु भएको हो ।

दुर्घटनामा अनिल मरहठ्ठा, विष्णु दवाडी, अमृत दवाडी, सुशिल नराल, विष्णु न्यौपाने, चालक सन्तोष तामाङ र सहचालक अमृत दवाडी घाइते भएका छन् ।

शिक्षक सवार जीप हिजो साँझ साँढे छ बजे राङरुङको भीरबाट करिब ६० मिटर तलको दरौँदी नदीमा खसेको हो । घाइते सबैलाई उपचारका लागि गोरखा सदरमुकाम लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *