Main News

एकै पटक १ सय ६५ वटा सडकको शिलान्यास, निर्माण कहिले ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २१ गते २०:५५
एकै पटक १ सय ६५ वटा सडकको शिलान्यास, निर्माण कहिले ? (भिडियो रिपोर्टसहित)

२१ चैत २०७७ काठमाडौं । आफ्नै कारणले राजनीतिक अस्थिरता निम्त्याएका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला देशमा राजनीतिक संकटलाई भुलेर उद्घाटन र शिलान्यासमा व्यस्त हुनुहुन्छ । त्यसै क्रममा उहाँले बालुवाटारबाटै १ सय ६५ वटा सडक आयोजनाको शिलान्याश गर्नुभयो । प्रधानमन्त्रीले शिलान्यास गरेका यी आयोजनाका बारेमा थाहा पाउन हेर्नुहोस् –

प्रधानमन्त्री केपी शर्मा ओलीले देशका १ सय ३५ वटा निर्वाचन क्षेत्रमा बन्ने गरी १ सय ३५ वटा सडक आयोजनाको शिलान्याश गर्नुभयो । प्रधानमन्त्रीले उद्घाटन गरेका यी सडकको दूरी २२ सय १० किलोमिटर छ ।

सम्बन्धित निर्वाचन क्षेत्रका सांसदले छानेका, निश्चित मापदण्डमा परेका यी सडकलाई सडक विभागको सिफारिसमा सरकारले आयोजनामा समावेश गरेको हो । सङ्घीय राजधानीलाई जोड्ने, प्रादेशिक राजधानीलाई जोड्ने, अन्तर्राष्ट्रिय विमानस्थल र सिमानालाई जोड्ने, दुई निर्वाचन क्षेत्रका प्रमुख शहरलाई जोड्ने जस्ता मापदण्डका आधारमा सडक चयन गरिएको हो ।

यस्ता आयोजना समयमै पुरा नहुने गरेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो प्रवृति अन्त्य गर्नुपर्ने बताउनुभयो ।

यो आयोजना पूरा हुन ५७ अर्ब १० करोड रुपैयाँ बजेट लाग्ने अनुमान छ । सडक बनाउनका लागि हिमाली जिल्लाको निर्वाचन क्षेत्रलाई ६० करोड, पहाडी जिल्लालाई ५० करोड छुट्टाइएको छ ।

यस्तै दुई वटा निर्वाचन क्षेत्र भएको जिल्लालाई प्रति निर्वाचन क्षेत्र ४० करोड र दुई भन्दा बढि निर्वाचन क्षेत्र भएको जिल्लामा २५ करोड छुट्इएको छ । यस्तै काठमाडौ उपत्यकाका निर्वाचन क्षेत्रलाई भने २० करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

सबै निर्वाचन क्षेत्रमा सडक बनाउने यो आयोजना ३ वर्षमा पूरा हुने सरकारले दावी गरे पनि त्यसलाई पत्याइ हाल्ने स्थिति छैन । किनकी पछिल्लो पटक राजनीतिक संकट बढेसँग प्रधानमन्त्री केपी शर्मा ओलीले काम गरेको जस्तो देखाउन र लोकप्रियता बढाउन हतार हतार आयोजना शिलान्यास गर्ने क्रम बढेको छ । यो शिलान्यास पनि त्यसैको निरन्तरता हो कि भन्ने शंका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *