Main News

बाँकेको नरैनापुरमा भीषण आगलागी, हेर्दाहेर्दै १२० बढी घर जलेर खरानी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २१ गते १८:४१
बाँकेको नरैनापुरमा भीषण आगलागी, हेर्दाहेर्दै १२० बढी घर जलेर खरानी (भिडियो रिपोर्टसहित)

२१ चैत २०७७ बाँके । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ। आगलागीबाट एकसय २० घर जलेका छन् । आजलागीबाट तीनजना घाइते भएका छन्।

नरैनापुर गाउँपालिका वडा नम्बर चार खोदावामा दिउँसो पौने चार बजे लागेको आगोका कारण अहिलेसम्म १२० घर जलेको बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले जनाकारी दिनुभयो ।

आगलागीबाट घाइते भएकी एक महिलालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । तीव्र गतिमा हावाहुरी चलिरहेकाले आगो नियन्त्रणमा कठिनाइ भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका र जिल्लाका अन्य निकायका दमकलको सहायतामा आगो नियन्त्रणको प्रयास भइरहेको छ । गाउँभरिकै खाद्यान्न, पशु चौपाया लगायत सबै सम्पत्ति जलेर नष्ट भएको छ।

यसैगरी प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा रहेको जंगलमा आगलागी भएको छ । शनिबार दिउँसो काठेखोला छेउमा रहेको फोहोर व्यवस्थान स्थलदेखि शुरु भएको आगो मन्दिरको जंगल परिसरमा प्रवेश गरेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समूहले आगो नियन्त्रणमा लिएको थियो । मन्दिर तलको भिरमा भएको आगलागी तत्काल नियन्त्रण हुन नसक्दा जंगलमा ठुलो क्षति भएको बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

आगलागीका कारण मन्दिरको पश्चिम पट्टिरहेको आधा जंगल नष्ट भएको छ । मन्दिर परिसर नजिकै सम्मको जंगलन आगलागीले जलेको छ । त्यस्तै धनकुटा नपा ७ को चुलिबन मान्दिम पाखा र देउराली समुदायिक वनमा डढेलोले बस्तीमा पस्दा एक घर जलेको छ । बजार नजिकै भएको ले जोखिममा एक घर जलेको निजमती स्कुल पनि जोखिममा परेको छ ।

आगो अझै नियन्त्रणमा आएको छैन् । नेपाल प्रहरी ससस्त्र नेपाली सेना सहित स्थानिय आगो नियन्त्रण मा खटिएका छन । धनकुटा नगरपालिकाको २ वटै दम्कल परिचालन गरिएको छ । त्यस्तै धरान इटहरी तेरथुम बाट थप दम्कल मगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *