वरिष्ठ नेता खनाल भेट्न राष्ट्रपति भण्डारी डल्लु जाँदै

Himalaya Television
२०७७ चैत २१ गते १५:०७

वरिष्ठ नेता खनाल भेट्न राष्ट्रपति भण्डारी डल्लु जाँदै

२१ चैत २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका वरिष्ठ नेता झलनाख खनाललाई भेट्न खनाल निवास डल्लु जाँदै हुनुहुन्छ ।

खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति भण्डारी डल्लु जान लाग्नु भएको हो । एमालेको आन्तरिक विवाद चर्किरहेका बेला राष्ट्रपति डल्लु जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

खनालको सचिवालयले राष्ट्रपति भण्डारी खनालको स्वास्थ्यबारे बुझ्न आउन लाग्नु भएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs