Main News

जनशक्ति अभावमा बजार अनुगमन गर्न सकिएनः सरोकारवाला निकाय

हिमालय टिभी
२०७७ चैत २० गते १९:२७
जनशक्ति अभावमा बजार अनुगमन गर्न सकिएनः सरोकारवाला निकाय

२० चैत २०७७ काठमार्डौं । उपभोक्ता हितसँग सरोकार राख्ने विभिन्न विभागका महानिर्देशकहरुले जनशक्ति अभावका कारण प्रभावकारी रुपमा बजार अनुगमन गर्न नसकेको गुनासो गरेका छन् ।

उपभोक्ता हकहित र बजार व्यवस्थापनमा विषयमा छलफल गर्न राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा उपस्थित भएका महानिर्देशकहरुले जनशक्ति अभावले अनुगमन समस्या भइरहेको बताएका हुन ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेल बजार नियमन र अनुगमनका लागि विभागको अहिलेको संरचना प्रयाप्त नभएको बताउनुभयो ।

यस्तै औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई पनि विभागसँग कम जनशक्ति भएकाले बजार अनुगमनलाई नियमित गर्न नसकिएको बताउनुभयो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले विभागबाट भ्याटबिल जारी गरे नगरेको, सही मूल्य राखे नराखेको सम्बन्धमा अनुगमन हुँदै आएको दाबी गर्नुभयो ।

भन्सार विभागका निर्देशक शिशिर घिमिरेले भन्सारमा गरिने मूल्य निर्धारण उपभोक्ता हितसँग जोडिने भएकाले विभाग सचेत रहेको भन्दै भन्सारमा मूल्य निर्धारण गर्दा राजस्व चुहावट नहोस भन्ने तर्फ आफूहरूले ध्यान दिएको बताउनुभयो ।

बैठकमा सांसदहरुले बजार अनुगमनलाई पहिलो प्राथमिकता दिएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *