तीन वर्षभित्र याङ्ग्री र लार्के खोलाको पानी काठमाडौं ल्याउने प्रधानमन्त्रीको घोषणा (भिडियो रिपोर्टसहित)

२० चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाको पानी काठमाडौं ल्याउने घोषणा गर्नुभएको छ ।
मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षभित्रै याङ्ग्री र लार्के खोलाको पानी काठमाडौं ल्याउने घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउन तदारुकताका साथ काम गर्न खानेपानी मन्त्रालयलाई निर्देशन पनि दिनुभयो ।
मेलम्चीको खानेपानी काठमाडौं आएपछि सिन्धुपाल्चोकको याङ्ग्री र लार्केखोलाको पानी ल्याउने काम भइरहेको छ । याङ्ग्री र लार्के खोलाको पानी मेलम्ची आयोजनामा मिसाएर काठमाडौं ल्याइनेछ ।
मेलम्चीको १७ करोड लिटर पानीले काठमाडौंको माग पूरा गर्न सक्दैन । त्यसैले पनि याङ्ग्री र लार्के खोलाको पानी मेलम्ची आयोजनामा मिसाएर काठमाडौं ल्याउन लागिएको हो । आयोजनाका लागि जग्गा अधिग्रहणको काम ७० प्रतिशत सकिएको छ ।
प्रतिक्रिया