Main News

बाटो काट्न प्रहरीको सहयोग, पैदल यात्री मख्ख (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २० गते १४:२२
बाटो काट्न प्रहरीको सहयोग, पैदल यात्री मख्ख (भिडियो रिपोर्टसहित)

२० चैत २०७७ काठमाडौं । ट्राफिक प्रहरीको मुख्य काम सवारी आवागमन सहज बनाउनु हो । तर धादिङको गजुरीस्थित पृथ्वीराजमार्गमा दिनहुँ खटिने ट्राफिक प्रहरीको काँधमा भने अर्को जिम्मेवारी पनि छ । त्यो हो बालबालिका, वृद्धवृद्धा र विशेष शारीरिक क्षमता भएका व्यक्तिलाई बाटो काट्न मद्दत गर्नु ।

दृश्यमा दृष्टिविहीन नारायण सिग्देल र बालिकालाई बाटो कटाउँदै गरेका ट्राफिक हुनुहुन्छ ट्राफिक प्रहरी कार्यालय गजुरीमा कार्यरत हबल्दार सुधिर गिरी । गिरीसँगै खटिनु भएको छ इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी हवल्दार उमेश पण्डित पनि ।

पृथ्वी राजमार्गमा तीव्र गतिमा चल्ने सवारी साधनका कारण बटुवालाई बाटो काट्न असहज हुने गरेको छ । त्यसैले उहाँहरुले पैदलयात्रीलाई बाटो काट्न सहयोग गर्दै आउनु भएको छ । बाटो काट्न प्रहरीको सहयोग पाउँदा पैदलयात्री खुसी छन् । यस्तै मध्येका एक हुनुहुन्छ । दृष्टिबिहीन नारायण सिग्देल ।

राजमार्ग छेउछाउका बजार क्षेत्रका विद्यार्थी, बालबालिका र वृद्धवृद्धालाई बाटो काट्न थप असहज हुने गरेको छ । कतिपय अवस्थामा बाटो काट्ने क्रममा दुर्घटना हुने गरेको छ । गजुरी स्थित प्रहरीसँगको सहकार्यमा ट्राफिक प्रहरीले गरेको यो कार्यले स्थानीय बढी लाभान्वित भएका छन् ।

ट्राफिक प्रहरीले सुरु गरेको अभियानमा स्थानीयबासिन्दाले पनि साथ दिने हो भने संभावित दुर्घटनाबाट बच्न सकिन्छ । ट्राफिक नियमको पालना सबैले गर्ने हो भने अझै राम्रो हुन्छ ।

पैदलयात्रुलाई बाटो काट्न मद्दत गर्ने गजुरीस्थित ट्राफिक प्रहरीको काम तारिफ योग्य छ, यसको सिको अन्य स्थानमा खटिने प्रहरीले पनि गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *