Main News

म्यानमारमा भइरहेको नरसंहारको विरोधमा पुल्चोकमा प्रदर्शन

हिमालय टिभी
२०७७ चैत २० गते १४:०२
म्यानमारमा भइरहेको नरसंहारको विरोधमा पुल्चोकमा प्रदर्शन

२० चैत २०७७ काठमाडौं । म्यानमारमा भएको सैनिक दमनको विरोधमा ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको भवन अगाडि प्रदर्शन भएको छ ।

प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार सङ्गठन र न्यायका लागि मानवअधिकार सञ्जालले संयुक्त रुपमा आज बिहान प्रदर्शन गरेका हुन् ।

म्यानमारमा भएको नरसंहारको विरुद्ध उत्रिएका अधिकारकर्मीले भारत र चीनले समेत दमनको मौन समर्थन गरेको भन्दै विरोध जनाएका छन् ।

प्राजातान्त्रिक विचार समाज नेपालका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले म्यानमारमा भएको सैन्य दमनमा छिमेकी राष्ट्र नै चुप लागेर बसेको भन्दै आपत्ति जनाउनुभयो ।

अधिकारकर्मीले ‘म्यानमारमा सैनिक दमन बन्द गर’, ‘ प्रजातन्त्र र नागरिक शासन बहाली गर’, ‘शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर’ लगायतका नारा लेखिएको व्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *