Main News

उठ्ने भयो उपत्यकामा थुप्रिएको फोहोर, महानगर र आन्दोलनरत पक्षबीच सहमति

हिमालय टिभी
२०७७ चैत २० गते १३:१६
उठ्ने भयो उपत्यकामा थुप्रिएको फोहोर, महानगर र आन्दोलनरत पक्षबीच सहमति

२० चैत २०७७ काठमाडौं । एक हप्तापछि सडकमा थुप्रिएको काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठाइने भएको छ । काठमाडौं महानगरपालिका र आन्दोलनरत पक्षबीच आज सहमति भएपछि फोहर उठ्ने भएको हो ।

आज बिहान भएको वार्तामा महानगर र आन्दोलनरत स्थानीयबीच फोहोर विसर्जनमा रहेको अवरोध हटाउने सहमति भएको छ ।

सिसडोलको फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय बसिन्दाले विभिन्न माग राख्दै चैत १३ गतेदेखि प्रदर्शन गरी फोहर विसर्जनमा अवरोध गर्दै आएका थिए ।

सहमतिअनुसार नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा तीनतीन करोड पाउने भएका छन् ।

प्रभावित क्षेत्रका विद्यालयमा संघीय सरकारबाट स्थायी दरबन्दी आएपछि स्वतः हट्ने गरी तत्कालका लागि ५१ जना शिक्षकको खर्च महानगरपालिकाले व्यहोर्ने सहमति पनि भएको छ ।

यस्तै प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने र जनशक्तिका लागि आवश्यक रकम सहयोग गर्ने महानगरले प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *